कला


‘राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता’ को विजेता बने निशान्त र संगीना

‘राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता’ को विजेता बने निशान्त  र संगीना

नेपालखबर
असार २, २०८३ मंगलबार १६:२७, काठमाडौँ

‘राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता २०८३’ को उपाधि निशान्त विक र संगीना थापा मगरले जितेका छन्। १७ समूहलाई उछिन्दै यी दुईजनाको जित हासिल गरेका हुन्। 

पहिलो भएका विक र मगरले शिल्डसहित ३ लाख रुपैयाँ नगद प्राप्त गरे। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजना रहेको प्रतियोगिता नुवाकोटको विदुर नगरपालिकामा प्रतियोगिता आयोजना भएको थियो।

त्यस्तै, सरोज सिम्खडा र जमुना विश्वकर्मा दोस्रो बने। द्वितियले २ लाख, तृतीयले १ लाख र सान्त्वनाले ५० हजार नगद पुरस्कार पाए ।मानव रावत र भावना अर्याल तृतीय हुँदा राजमान खत्री र शान्ता वलीले सान्त्वना पुरस्कार प्राप्त गरे। 

राजु लामिछाने उत्कृष्ट गायक, जमुना सुनार उत्कृष्ट गायिका, विक्रम गहतराज उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिका शीतल कल्पना विक, अनुशासित गायक बेलबहादुर परियार, अनुशासित गायिका शान्ति कार्की, उत्कृष्ट भेषभूषा प्रितम पोखरेल र उत्कृष्ट भेषभूषा सीता माझी बन्न सफल भ ।

लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र प्रतिभाको प्रोत्साहन गर्ने मूल उद्देश्यले आयोजना गरिएको प्रतियोगीता सोचेभन्दा भब्य भएको प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले जानकारी दिइन्।प्रतियोगिताअघि सहभागी टिमलाई समावेशी र प्रतिस्पर्धी बनाउन प्रतिष्ठानको आन्तरिक छनोट समितिले फाइनलका लागि १८ टिम छनोट गरेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad