कला


कुटुम्बको सहकार्यमा प्रकाश दुतराजले ल्याए ‘मनमाया’

कुटुम्बको सहकार्यमा प्रकाश दुतराजले ल्याए ‘मनमाया’

नेपालखबर
चैत २८, २०८२ शनिबार १४:३२, काठमाडौँ

लोकगायक प्रकाश दुतराजले ‘मनमाया’ बोलको गीत सार्वजनिक गरेका छन्। 

प्रकाशले चर्चित ब्यान्ड कुटुम्बसँग सहकार्य गरेर गीत ल्याएका हुन्। लोक-फ्युजन शैलीको गीतको भिडिओमा प्रेम कथासँगै नेवाः संस्कृति र ऐतिहासिक सांगीतिक झल्कोलाई समेटिएको छ। 

‘यो गीतमा देखाइएको केही दृश्यहरू, भेषभूषाहरू ऐतिहासिक सम्पदा र सभ्यताका निर्माता तथा परापूर्व कालदेखि नेपाली माटो, कला संस्कृतिहरूमा योगदान पुर्‍याउँदै आएका नेवाः संस्कृति तथा समुदायसँग आधारित छन्,’ प्रकाशले भनेका छन्। 

गीतमा प्रकाश र मेलिना राईले स्वर दिएका छन्। प्रकाशसकै शब्द र संगीत रहेको गीतको संगीत संयोजन सुदिप सागरले गरेका छन्। 

कुटुम्बले लोक वाद्यवादनमा सहकार्य गरेको छ। कुटुम्ब समूहका राजु महर्जन, रूबिनकुमार श्रेष्ठ र किरण महर्जनले वाद्यवादनमा सघाएका छन्। 

गीतको भिडिओमा प्रकाशसहित मोडल प्रशंशा रायमाझीको अभिनय छ। नवीन घर्ती मगरको निर्देशनमा बनेको भिडिओमा मुकेश नेपालीको कोरियोग्राफी रहेको छ। अनिल के. मानन्धरको छायांकन रहेको भिडिओको सम्पादन निर्देशक नवीनले नै गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad