कला


काठमाडौँ महानगरले ‘टोल टोलमा फिल्म महोत्सव’ गर्दै

काठमाडौँ महानगरले ‘टोल टोलमा फिल्म महोत्सव’ गर्दै

नेपालखबर
जेठ २२, २०८३ शुक्रबार १४:८, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसका लागि महानगरपालिकाले इच्छुक सामुदायिक संघसंस्थाबाट प्रस्ताव आह्वान गरेको छ।

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले सूचना जारी गर्दै सामाजिक तथा सांस्कृतिक गतिविधिमा संलग्न गैरनाफामूलक संघसंस्था, युवा क्लब, सामुदायिक संस्था, टोल विकास समिति तथा सांस्कृतिक समूहलाई महोत्सव सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिन प्रस्ताव मागेको हो।

सूचनाअनुसार महानगरपालिकाले उपलब्ध गराउने स्थान, समय, सर्त तथा मापदण्डको आधारमा कार्यक्रम कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विस्तृत प्रस्ताव ७ दिनभित्र सम्पदा तथा पर्यटन विभागमा पेस गर्नुपर्नेछ।

महोत्सवका लागि परम्परागत टोल, बहाः, बही, चोक, नदी किनार, एम्फिथिएटर तथा पार्कजस्ता खुला स्थान प्रयोग गर्न सकिने उल्लेख छ। 

महानगरपालिकाले छनोट भएका संस्थासँग सहकार्य गरी सहभागितामूलक ‘टोल टोलमा फिल्म महोत्सव’ आयोजना गर्नेछ। साथै क्युरेटेड फिल्म प्रदर्शनका लागि एलईडी स्क्रिन, साउन्ड सिस्टमलगायत आवश्यक प्राविधिक सहयोग पनि उपलब्ध गराइने बताइएको छ।

युनेस्कोको रचनात्मक सहरअन्तर्गत फिल्म विधाको सदस्य रहेको महानगरपालिकाले सृजनात्मक उद्योगको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यसहित उक्त कार्यक्रम अघि बढाएको जनाएको छ। यस वर्षको कान्स फिल्म फेस्टिभलमा सहभागी भएर फर्किएपछि कार्यवाहक नगरप्रमुख सुनिता डंगोलले यो कार्यक्रम गर्न लागेको बताएकी थिइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad