रन्धिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्म ‘कुम्भ’ पहिलो गीत सार्वजनिक भएको छ। ‘स्वर्गकी परी’ बोलको गीतमा अञ्जु पन्त र अनुप तिवारीको स्वर रहेको छ।
रन्धिर श्रेष्ठकै शब्द रहेको गीतमा अनुपले नै संगीत भरेका छन्। गीतको भिडिओमा फिल्मका मुख्य कलाकार सृष्टि खड्का र अशोक आर्यन फिचर्ड छन्। यसै फिल्ममार्फत डा.समेत रहेका अशोक आर्यनले डेब्यु गर्दैछन्।
लामो समयदेखि म्युजिक भिडिओ निर्देशन तथा चलचित्र छायांकनमा सक्रिय श्रेष्ठले यस फिल्ममार्फत एक्सन-लभ स्टोरी प्रस्तुत गरेका छन्। यस फिल्ममा सृष्टि र अशोकसहित सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, अफ्सना थापाको मुख्य अभिनय रहेको छ।
जेठ १५ गतेबाट रिलिज हुने यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा रिलिज गरिने निर्माणटिमको योजना छ।
12
Shares

प्रतिक्रिया