कला


फिल्म निर्माणमा विपिन कार्की, विजय कुमारसँग सहकार्य गर्ने

फिल्म निर्माणमा विपिन कार्की, विजय कुमारसँग सहकार्य गर्ने

नेपालखबर
जेठ २२, २०८३ शुक्रबार १५:१९, काठमाडौँ

अभिनेता विपिन कार्कीले फिल्म निर्माण गर्ने भएका छन्। उनले शुक्रबार फेसबुकमार्फत् आफूले फिल्म बनाउन लागेकोबारे जानकारी दिएका हुन्। 

यस फिल्मको पटकथा लेखन र निर्देशन वरिष्ठ पत्रकार तथा लेखक विजय कुमारले गर्नेछन्। उनले सार्वजनिक गरेको तस्बिरमा विपिन र विजयलाई देख्न सकिन्छ।

‘आजको भेट केवल एउटा भेटघाटमा सीमित रहेन, यसले आगामी दिनमा सँगै सिर्जना र सहकार्य गर्ने सम्भावनाप्रति अझ उत्साहित बनायो। भविष्यमा हामीले सँगै केही अर्थपूर्ण र स्मरणीय काम गर्ने योजनाले मनमा नयाँ ऊर्जा र उत्साह थपेको छ,’ विपिनले लेखेका छन्, ‘तपाईं जस्तो अनुभवी, सिर्जनशील र दूरदर्शी व्यक्तित्वसँग सहकार्य गर्ने अवसरलाई म आफ्नो सौभाग्य ठान्छु। आगामी यात्राका लागि उत्साहित छु, प्रिय विजय दाइ।’

विपिनको फिल्म कम्पनी लाइट वेन्डर्स प्रालिको ब्यानरमा बन्ने फिल्मको बजेट ३ देखि ४ करोड रुपैयाँ बताइएको छ। यस फिल्मको मुख्य भूमिकामा विपिननै देखिनेछन्। अन्य कलाकार भने तय हुन बाँकी रहेको विपिनले सुनाए।

ड्रामा जनरामा बन्ने यो फिल्ममाथि पुस्तक पनि प्रकाशनको तयारी छ। फिल्म रिलिजपछि फाइनप्रिन्टले आख्यान पुस्तक संस्करण प्रकाशन गर्ने तयारी रहेको छ। 

यतिबेला विपिन फिल्म कम्पनीको व्यवस्थापनमा पनि व्यस्त छन्। उनको कम्पनीले प्राविधिक उपकरण व्यवस्थापन लगायतका काम पनि गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad