कला


‘कमेडी दरबार ३’ को घोषणा, रानीको रुपमा भित्रिइन् दीया मास्के

‘कमेडी दरबार ३’ को घोषणा, रानीको रुपमा भित्रिइन् दीया मास्के

नेपालखबर
चैत २५, २०८२ बुधबार १७:१३, काठमाडौँ

चर्चित कमेडी टेलिभिजन शो ‘कमेडी दरबार ३’ घोषणा गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबीच तेस्रो सिजनको घोषणासँगै प्रसारण मिति सार्वजनिक गरिएको हो। 

यसपटक नयाँ प्रस्तुति शैली, अझ भव्य सेट र विविधतापूर्ण कन्टेन्टसहित आगामी बैशाख ४ गतेदेखि दर्शकमाझ आउन लागेको निर्माणटिमले जनाएको छ। तेस्रो सिजन अघिल्लाभन्दा अझ मनोरञ्जनात्मक, सशक्त र दर्शकमैत्री हुने टिमको विश्वास छ।

यस सिजनमा पनि ‘महाराजा’ को रूपमा मनोज गजुरेल र ‘महारानी’ को रूपमा गौरी मल्ल रहेका छन्। रानीको रूपमा अभिनेत्री दीया मास्के भित्रिएकी छिन्। त्यस्तै, कमेडियनहरू दिनेश काफ्ले, सन्तोष थापा र सुजन जिम्बा यसपटको सिजनमा थपिएका छन्।

यसअघिका कलाकारहरू सीडी विजय अधिकारी, विश्वास तिम्सिना (बीटी कान्छा), सुन्दर खनाल, पवित्रा साँकी (मिस पबी), सुजाता श्रेष्ठ, पवन खतिवडा र विकास अर्यालले निरन्तरता पाएका छन्।

लेखन टिममा विकास अर्याल र सरोज भण्डारी रहेका छन्। होस्टका रूपमा सजिना खनाल र विक्की अग्रवालको निरन्तरता रहनेछ। निर्देशन पनि विक्की अग्रवाल र श्रद्धा प्रसाईंकै रहनेछ।

‘कमेडी दरबार ३’ बैशाख ४ गतेदेखि हरेक शुक्रबार राति ९ बजे ओएसआर रियालिटी तथा प्राइम टाइम टेलिभिजनमार्फत प्रसारण हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad