शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि आवेदन दिएकाहरूको सर्टलिस्ट (अल्पसूची) सार्वजनिक गरेको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा ७ जना र अन्य विश्वविद्यालयहरूमा १०-१० जनाका दरले सूची सार्वजनिक गरिएको छ। लुम्बिनी बौद्धमा ७ जनाको मात्रै आवेदन परेको थियो।
कुल आठ विश्वविद्यालयका लागि २१८ आवेदनहरूमध्ये १८८ वटा आवेदन स्वीकृत भएका थिए। त्यसमा पनि शुक्रबार सिफारिस समितिले सर्टलिस्ट सार्वजनिक गरेको हो।
मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका लागि आवेदन माग गरेको थियो।
1.1k
Shares

प्रतिक्रिया