रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर-२’ ले बक्स अफिसमा एकपछि अर्को कीर्तिमान तोड्न सफल भएको छ। फिल्मले प्रदर्शनको ११ दिनमै १३६५ करोड भारतीय कलेक्सन गरिसकेको छ।
फिल्मको यो ऐतिहासिक सफलतापछि ‘मेजर इकबाल’ को भूमिकामा देखिएका अभिनेता अर्जुन रामपाल भावुक बनेका छन्। उनले सामाजिक सञ्जालमा आफ्नो डेब्यु फिल्म ‘मोक्ष’ देखि अहिलेसम्मका तस्बिरहरू सेयर गर्दै टिम र फ्यानहरूलाई धन्यवाद दिएका छन्।
‘बाल्यकालदेखि काउबॉयको रूपमा धुरन्धर बन्ने समयसम्म, म आफूलाई भाग्यशाली ठान्छु कि यस यात्रामा यति धेरै मानिसहरू मेरो साथमा थिएँ। मेरा प्रिय प्रशंसकहरू, तपाईंको समर्थनको लागि मेरो हृदयदेखि नै धन्यवाद,’उनले लेखेका छन्।
साथै मपालले आफ्नो पोस्टमा रणवीर सिंहलाई विशेष श्रेय दिँदै उनलाई ‘बब्बर शेर’ भनेर सम्बोधन गरेका छन्। उनले लेखेका छन्, ‘धुरन्धरको यो अद्भुत टोलीलाई धन्यवाद, तपाईंहरू सबै मेरो दृढ समर्थन हुनुहुन्छ। र, मेरो बब्बर शेर रणवीर सिंहलाई विशेष धन्यवाद। म धेरै खुसी छु। धैर्य, कडा परिश्रम र जोशले सपनाहरू साकार हुन्छन्।’
उनले फिल्मका अन्य कलाकारहरू आर .माधवन, सञ्जय दत्त, राकेश बेदी र निर्माता ज्योति देशपांडे लगायत सम्पूर्ण टोलीप्रति आभार प्रकट गरेका छन्।
Shares

प्रतिक्रिया