ad ad

कारोबार


एसोसिएटतर्फ ८ सय मत गन्दा वरिष्ठ उपाध्यक्षमा कसको मत कति?

एसोसिएटतर्फ ८ सय मत गन्दा वरिष्ठ उपाध्यक्षमा कसको मत कति?

वरिष्ठ उपाध्यक्षका तीन उम्मेदवार


नेपालखबर
चैत ३०, २०७९ बिहिबार ९:३०, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदको एसोसिएटतर्फ मतगणना जारी छ। 

वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ उम्मेदवार छन्। 

यो खबर तयार पार्दासम्म ८ सय मत गनिएको छ। जसमा उमेशलाल श्रेष्ठले  २१९, अन्जन श्रेष्ठले २५५ र रामचन्द्र संघाईले  ३१७ मत ल्याएका छन्। 

महासंघमा वरिष्ठ उपाध्यक्षको लागि जिल्ला नगरको ५० प्रतिशत,  एसोसिएटतर्फ ३० प्रतिशत र वस्तुगततर्फ २० प्रतिशत मतभार छ।

महासंघमा वस्तुगततर्फ १२३ मतदाता छन्। एसोसिएटतर्फ १ हजार ७ सय ५० मतदाता छन्। जिल्लारनगरका ११८ मतदाता छन्।

काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा मत गणना जारी छ। 

अहिलेसम्म एसोसिएटतर्फ उपाध्यक्ष र १९ सदस्य, वस्तुगत उपाध्यक्ष, जिल्ला/नगरतर्फका नजिता आइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .