ad ad

कारोबार


उद्योग वाणिज्य महासंघ एसोसिएटतर्फ उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी

उद्योग वाणिज्य महासंघ एसोसिएटतर्फ उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी

नेपालखबर
चैत ३०, २०७९ बिहिबार ७:५०, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको जारी मतगणनामा एसोसिएटतर्फ उपाध्यक्ष पदमा ज्योत्स्ना श्रेष्ठ विजयी भएकी छन्।

भर्खरै प्राप्त नतिजाअनुसार ८४६ मत ल्याउँदै श्रेष्ठ एसोसिएट उपाध्यक्ष चुनिएकी हुन्। उनका प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत ल्याएका छन्।

एसोसिएटतर्फ १ हजार ७ सय ५० मतदाता थिए। 

भरत आचार्य अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको  संयुक्त उम्मेदवार हुन्। 

विजयी ज्योत्स्ना श्रेष्ठ रामचन्द्र संघाई प्यानलकी उम्मेदवार  हुन्।

एसोसिएट सदस्यतर्फ १९ जनाको नतिजा यसअघि नै आइसकेको छ। 

महासंघको नयाँ नेतृत्व चयनका लागि काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा बुधबार मतदान भएको हो। 

महासंघको विधानअनुसार महासंघको अध्यक्ष भने हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः हुने छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष चुनिएको व्यक्ति तीनवर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ। 

वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई प्यानलसहित चुनावी मैदानमा छन्। वरिष्ठ उपाध्यक्षतर्फ मत गणना सुरु नै गरिएकाे छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .