कारोबार


एलजीको आर३२ रेफ्रिजेरेटरयुक्त एसी नेपाली बजारमा

एलजीको आर३२ रेफ्रिजेरेटरयुक्त एसी नेपाली बजारमा

नेपालखबर
पुस ८, २०७६ मंगलबार ७:२९,

सीजी इलेक्ट्रोनिक्सले विगत ३० वर्षदेखि शीर्ष गुणस्तर भएका इलेक्ट्रोनिक्स उत्पादनहरु नेपाली बजारमा प्रदान गर्दै आएको छ। सीजीले एलजीसँग साझेदारी गरी नेपाली ग्राहकहरुलाई एल.जी.को अभिनव इलेक्ट्रोनिक्स उत्पादनहरु प्रदान गर्दछ।

आर३२ ग्यासले एलजी इन्भर्टर एयर कन्डिसनको प्रणाली दक्षता वृद्धि गर्ने कम्पनीले जनाएको छ। यसले ऊर्जा खपत समेत हुने र एयर कन्डिसनलाई अधिक टिकाउ बनाउने कम्पनीले जनाएको छ।

आर३२ ग्यास यस्तो किसिमको ग्यास हो जसले कुशलतापूर्वक गर्मी बोक्छ र कम वातावरणीय प्रभाव पार्दछ। आर२२ र आर४१०ए जस्ता व्यापक रुपमा प्रयोग हुने रेफ्रिजरेन्टहरुको तुलनामा आर३२ सँग ग्लोबल वार्र्मिङ सम्भाव्यता छ जुन एक तिहाई कम हो र यसको कम वातावरणीय प्रभावको लागि उल्लेखनीय छ।

यसमा रहेको ब्ल्याक ओसियन प्रोटेक्सन टेक्नोलोजी ले जंग र रस्टको समस्याहरुलाई समाधान गर्दछ। डुवल कम्प्रेसर भएको यस एसी ले ७० प्रतिशतसम्म बिजुली बचत गर्ने कम्पनीको भनाइ छ। साथै सक्रिय चार–चरण उर्जा नियन्त्रण गर्दछ जसले मान्छेको संख्या र कोठामा क्रियाकलापको स्तरका आधारमा एयर कन्डिशनरले उत्पादन गर्ने शितलताको समायोजन गर्दछ ।

ए.जी.का एयर कन्डिसनर मा १० वर्षको वारेन्टि पनि रहेको छ, साथै एल.जी.को एसि प्रयोग गर्दा वार्षिक ३२ हजार सम्मको बचत पनि गर्न सकिन्छ।

एलजीको आधिकारी विक्रेता चौधरी ग्रुपअन्तर्गत सीजी इम्पेक्स प्रालि रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad