निर्वाचन आयाेगकाे आयुक्त पदमा सिफारिस भएपछि राजीव सुब्बाले नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन्।
दूरसञ्चार अध्यक्ष पदका लागि आवेदन दिएका सुब्बा सर्टलिस्टमा परेका थिए।
प्राधिकरणको अध्यक्ष बन्न आवेदन स्वीकृत भएका २९ जनामध्येबाट ९ जनाको संक्षिप्त सूचीमा उनी पनि परेका थिए।
यहीबिच प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) अध्यक्ष रहेको संवैधानिक परिषद्ले उनलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको हो।
यसपछि सुब्बाले मंगलबार सामाजिक सञ्जालमार्फत दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदको प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा गरेका हुन्।
हेर्नुहोस् स्टाटस

यो पनि : आईटी विज्ञ राजीव सुब्बालाई किन निर्वाचन आयुक्त बनाउन चाहन्छन् बालेन
276
Shares

प्रतिक्रिया