राजनीति


रास्वपा सचेतक धितालको आरोप: सरकार अक्षम भयो

रास्वपा सचेतक धितालको आरोप: सरकार अक्षम भयो

नेपालखबर
असार २२, २०८३ सोमबार २२:५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले सरकार असक्षम भएको बताएकी छन्। 

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो आरोप लगाएकी हुन्।

राज्यका निकायले सुकुम्बासीको समस्या सम्बोधन गर्न नसकेको र सरकारको काम वाचापत्रअनुसार नभएको उनको भनाई छ। 

‘आज सडकमा बगिरहेका सुकुम्बासीका आँसुले हामी सबैलाइ पोल्नुपर्छ’ उनले भनेकी छिन्, ‘सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो। तर, के यो हाम्रो वाचापत्र अनुसार भयो? के अभिभावकीय राज्य यस्तै हुन्छ?’

धितालले सरकारले संवेदनशीलताका आधारमा काम नगरेको बताएकी छन्। 

उनले थप भनेकी छिन्, ‘जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपर्थ्यो, त्यसरी भएन। यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्‍यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad