खेल


बाबर र रोहनको अर्धशतकीय पारी मद्दतमा काठमाडौंलाई चितवनको ठूलो लक्ष्य

बाबर र रोहनको अर्धशतकीय पारी मद्दतमा काठमाडौंलाई चितवनको ठूलो लक्ष्य

नेपालखबर
पुस ८, २०७६ मंगलबार ७:२१,

बाबर हायात र रोहन मुस्तफाले अर्धशतकीय पारी खेलेपछि चितवन राइनोजले पोखरा प्रिमियर लिग अन्तर्गत जारी लिग चरणको अन्तिम खेलमा काठमाडौं राइनोजलाई १६८ रनको ठूलो लक्ष्य दिएको छ।

बाबर र रोहनले दोस्रो विकेटका लागि कीर्तिमानी १ सय १९ रनको साझेदारी गरेपछि टस हारेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो।

पहिलो विकेटका लागि करण केसीलाई २ रनको टिम स्कोरमै गुमाएको चितवनलाई बाबर र रोहनले अघि बढाएका थिए। बाबरले ७० रनको पारी खेले। ४७ बलमा उनले ३ चौका र ६ छक्का प्रहार गरे।

यस्तै रोहनले ५९ रन जोडे। ५२ बलमा उनले ६ चौका र १ छक्का हिर्काए। आरिफ सेखले ९ बलमा १ छक्कासहित १५ रन जोडे।

यो खेल जितेमा चितवन अपराजित रहँदै फाइनल पुग्नेछ। काठमाडौंले खेल जिते पनि फाइनल प्रवेशका लागि इलिमिनेटर खेल्नुपर्नेछ।

यो पनि: फाइनलिस्ट छविको अनपेक्षित अन्त्य

यो पनि: क्रिजमा जम्दै ज्ञानेन्द्र

यो पनि: पारसलाई शानदार लागेको लोकेशको त्यो पारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad