अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले ४ हजार ८ सय कर्मचारी हटाउने योजना घोषणा गरेको छ।
यो यसको कुल जनशक्तिको झन्डै २.१ प्रतिशत हो। यो कर्मचारी कटौतीको सबैभन्दा ठुलो असर कम्पनीको एक्सबक्स डिभिजनमा पर्नेछ।
माइक्रोसफ्टका कार्यकारी उपाध्यक्ष एमी कोलम्यानले कर्मचारीहरूलाई दिएको सन्देशमा भनेकी छन्, ‘द्रुत गतिमा परिवर्तन भइरहेको आईटी उद्योगमा कम्पनीले ग्राहकहरूलाई बढी फाइदा पुर्याउन सक्ने क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्छ।
यो पुनर्संरचनाले एक्सबक्समा १ हजार ६०० भन्दा बढी जनाको जागिर तुरुन्तै जानेछ।
हालै नियुक्त एक्सबक्सका सीईओ आशा शर्माले कर्मचारीहरूलाई दिएको सन्देशमा भनेकी छन्, ‘कम्पनी एक्सबक्सको इतिहासमा सबैभन्दा ठुलो पुनर्संरचना सुरु गर्दै छ।
उनले अर्को वर्ष थप १ हजार ६०० कर्मचारी हटाइने जानकारी पनि दिएकी छन्।
साथै एक्सबक्सका चार खेल विकास स्टुडियोहरू- कम्पल्सन गेम्स, डबल फाइन प्रोडक्सन, निन्जा थ्योरी र अनडेड ल्याब्सलाई पनि कम्पनी पुनर्संरचनाको भागका रूपमा अलग गरिने उनले उल्लेख गरेकी छन्।
शर्माले भनेकी छन्, ‘यो परिवर्तन एक्सबक्सलाई घटाउन होइन, बरु यसको ठुलो भविष्यलाई प्रवर्द्धन गर्न गरिँदै छ।’
उनले अगाडि भनेकी छन्, ‘इतिहास त्यस्ता कैयौँ उदाहरणले भरिएको छ, जहाँ कम्पनीले लामो समय टिक्नुलाई नै आफ्नो भविष्यको सुनिश्चितता मानेका छन्। हामी यस्तो गल्ती गर्ने छैनौँ।’
Shares

प्रतिक्रिया