कारोबार


बैंकिङ एक्स्पोमा वित्तीय संस्थाकै बेवास्ता, गभर्नर नेपाल आक्रोशित

बैंकिङ एक्स्पोमा वित्तीय संस्थाकै बेवास्ता, गभर्नर नेपाल आक्रोशित

नेपालखबर
मंसिर १, २०७६ आइतबार ८:५२,

वित्तीय तथा बीमा साक्षरता बढाउने उद्देश्यले काठमाडौंमा तेस्रो बैंकिङ एक्स्पोको शुभारम्भ भएको छ। वित्तीय क्षेत्रमा क्रियाशील मिडिया इन्टरनेसनलले बैंक, बीमा र पुँजीबजारसम्बन्धी प्रदर्शनीको आयोजना गरेको हो ।

भृकुटीमण्डपमा आज र भोलि (मंसिर १ र २) हुने प्रदर्शनीमा बैंक, बीमा र पुँजीबजारसम्बन्धी सम्पूर्ण जानकारी पाइने आयोजकले बताएको छ।

बैंकिङ एक्स्पोको शुभारम्भ गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले पुँजीको परिचालनको विषयमा जानकारीको लागि बैंकिङ एक्स्पो उपयुक्त स्थल रहेको बताए।

उनले नेपाली वित्तीय क्षेत्र पनि चासो नदेखाएको गुनासो गर्दै वित्तीय क्षेत्रको जानकारीविना विकास हुन नसक्ने बताए ।

‘नेपालीले बैंकिङ क्षेत्रको महत्व बुझ्न सकेका छैनन् । यस्तो एक्स्पो पैसा कसरी परिचालन गर्ने भन्ने सबै जानकारी पाउने ठाउँ हो’, उनले भने, ‘यस्तो एक्स्पोमा सबैं बैंक तथा वित्तीय संस्थाको चासो हुनुपर्ने हो तर दिएका छैनन् । त्यसैले हामी अगाडि बढ्न सकेका छैनौं।’

एक्स्पोमा जम्मा ४८ वटा बैंक तथा वित्तीय संस्थाहरुले मात्रै सहभागिता जनाएको प्रति गर्भनर नेपालले आक्रोश पोखे। उनले भने, ‘वित्तीय संस्थाले ग्रहाकलाई एकै ठाउँबाट धेरै जानकारी दिन सक्ने भए पनि एक्स्पोमा सहभागिता न्यून हुन वित्तीय विकासको लागि नै नराम्रो हो।’

कार्यक्रममा धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष परिष्ठनाथ पौड्यालले बैंकिङ एक्स्पोको शुभकामना व्यक्त गर्दै धितोपत्र बजार विस्तारको लागि रियल सेक्टरका कम्पनी भित्र्याउनुपर्ने बताए।

मिडिया इन्टरनेश्नलका अध्यक्ष माधव निर्दोषले एउटै छानामुनि बैंकिङ, बीमा, सेयर बजार, रेमिट्यान्स तथा फाइनान्सियल टेक्नोलोजीबारे जानकारी दिइने बताए। उनले भने, ‘उद्यमशीलतामा बैंक तथा वित्तीय संस्थाको भूमिका उजागर गर्न र थप लगानीका लागि प्रोत्साहित गर्न पनि यो एक्स्पो महत्त्वपूर्ण हुने हाम्रो विश्वास छ ।’

एक्स्पोलाई नेपाल राष्ट्र बैंकले प्रवर्द्धन गरेको छ भने नेपाल बैंकर्स एसोसिएसन, माइक्रोफाइनान्स एसोसिएसन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, बीमा समिति, नेपाल धितोपत्र बोर्डको साझेदारी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad