राजनीति


‘कालापानी प्रकरणमा प्रधानमन्त्रीको ‘रियाक्सन’ होइन ‘एक्सन’ चाहिन्छ’

‘कालापानी प्रकरणमा प्रधानमन्त्रीको ‘रियाक्सन’ होइन ‘एक्सन’ चाहिन्छ’

नेपालखबर
मंसिर १, २०७६ आइतबार ८:४५,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कालापानी प्रकरणमा देशले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘रियाक्सन’ नभइ ‘एक्सन’को प्रतीक्षा गरेको बताएका छन्।

भारतले नेपाली भूमि लिपुलेक, कालापानी लिम्पियाधुर लगायतको भूभाग आफ्नो नक्सामा राखेर सार्वजनिक गरेपछि त्यसको चौतर्फि विरोध हुँदै आएको छ।

प्रवक्ता शर्माले सरकारले सीमा अतिक्रमणका विषयमा एक्सन लिनुपर्नेमा रियाक्सन मात्रै दिएर बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै सामाजिक सञ्जाल ट्वीटरमा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

भारतको नाकाबन्दीबाट राष्ट्रवादी प्रधानमन्त्रीको छवि बनाएका प्रधानमन्त्री ओलीलाई उनले राष्ट्रवादको अडान परिणाममुखी हुनुपर्ने बताएका छन्।

उनले सामाजिक सञ्जालबाटै प्रधानमन्त्री ओलीले तत्काल गर्नुपर्ने तीन कार्य समेत सुझाएका छन्।  उनले दिल्लीसँग तत्काल उच्चस्तरीय संवाद थाल्न, नेपालको आफ्नो नक्सा जारी गरेर अडान लिन र भारतीय सुरक्षाबललाई फिर्ता पठाउन सुझाब दिएका छन्।

भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा राखेपछि कांग्रेसले निरन्तर रुपमा विरोध गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad