चन्द्रागिरि हिल्स लिमिटेडले वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
विश्व वातावरण दिवस २०२६ को अवसरमा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न प्रजातिका ३०० भन्दा बढी बिरुवाहरू रोपिएका छन्।
वृक्षरोपण कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी प्रमुख अतिथिका रूपमा सहभागी थिए भने वडा अध्यक्ष कृष्ण खड्गी कार्यक्रमको सफल आयोजना तथा समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
चन्द्रागिरि हिल्सका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिका सदस्यहरू, व्यवस्थापन टोली तथा सम्पूर्ण कर्मचारीहरूको उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रममा वातावरण संरक्षणप्रति संस्थाको सामूहिक प्रतिबद्धता झल्किएको थियो। कार्यक्रममा सहभागी हुँदै प्रमुख कार्यकारी अधिकृतसहित सम्पूर्ण टोलीले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रममा सहभागी हुन पाउँदा खुसी व्यक्त गरेका थिए।
चन्द्रागिरि हिल्सले वातावरणीय संरक्षणलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्षका रूपमा अङ्गीकार गर्दै आएको छ। विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिने वृक्षारोपण कार्यक्रम कम्पनीको वार्षिक क्यालेन्डर अन्तर्गत नियमित रूपमा सञ्चालन हुँदै छ।
कार्यक्रममा वक्ताहरूले वातावरण संरक्षण, हरियाली विस्तार तथा दिगो विकासका लागि निजी क्षेत्र, स्थानीय सरकार र समुदायबीचको सहकार्य आवश्यक रहेको उल्लेख गरेका थिए। यस प्रकारका अभियानहरूले वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको थियो।
चन्द्रागिरि हिल्स लिमिटेडले आगामी दिनहरूमा पनि वातावरण संरक्षण, हरित विकास तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विविध कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
Shares

प्रतिक्रिया