कारोबार


अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो मुद्रा सस्तिए

अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो मुद्रा सस्तिए

नेपालखबर
जेठ २३, २०८३ शनिबार ५:१२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। विगत केही दिनदेखि निरन्तर बढ्दै आएका सबैजसो मुद्रा आज सस्तिएका राष्ट्र बैंकले जनाएको छ। 

आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा थियो। 

यही जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरी आज युरो १ को खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा छ। हिजो युरो १ को खरिददर १७८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७४ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६५ पैसा थियो। 

त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ २९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ २६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा थियो। 

आज कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ९१ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ५०० रुपैयाँ २८ पैसा  थियो। 

आज बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ६६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४०७ रुपैयाँ २८ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad