राजनीति


चीन निकट राजापाक्ष श्रीलङ्काको नयाँ राष्ट्रपति

चीन निकट राजापाक्ष श्रीलङ्काको नयाँ राष्ट्रपति

नेपालखबर
मंसिर १, २०७६ आइतबार ८:५२,

झण्डै दश बर्ष अगाडी रक्षामन्त्री रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका राजापाक्षे आइतबार राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

श्रीलङ्काली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहेका राजापाक्षेले झण्डै ५३ प्रतिशत मत प्राप्त गरेको उनका प्रवक्ताले जानकारी दिएका छन्।

उनले सत्तारुढ दलका तर्फबाट उम्मेदवार बनेका सजिथ प्रेमादासलाई पराजित गरेका हुन्।

‘उहाँको स्पष्ट जित भएको छ, हामी धेरै खुशी छौँ, गोटा नयाँ राष्ट्रपति बन्नु भएको छ,” राजापाक्षेका प्रवक्ता केहेलिया राम्बुक्वेलाले भने।

उनको सपथग्रहण कार्यक्रम एक दुई दिनमा हुनसक्ने बताइएको छ। राष्ट्रपतिमा नवनिर्वाचित राजापाक्षे पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन्।

प्रभावशाली तथा विवादास्पद नेता महेन्दा राजापाक्षे सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काको राष्ट्रपति बनेका थिए। सोही कार्यकालमा गोटाबाया रक्षाामन्त्री भएका थिए।

नयाँ राष्ट्रपतिमा निर्वाचित राजापाक्ष ७० बर्षका भए। उनीसँग प्रतिस्पर्धा गर्ने प्रेमादास ५२ बर्षका हुन्।

राजापाक्ष निर्वाचित भएको नतिजालाई प्रेमादासले पनि सार्वजनिक रुपमा स्वीकार गरिसकेका छन्।

निर्वाचनका बेला उम्मेदवारहरुले राष्ट्रिय सुरक्षा, आर्थिक सुधार, भ्रष्टाचार न्युनिकरण, सार्वजनिक सेवाको सुधार लगायतका विषयलाई मुख्य एजेण्डा बनाएका थिए।

मतदानका लागि देशभरी १२ हजारभन्दा बढी मतदान केन्द्र राखिएको थियो भने ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

राष्ट्रपति चयनका लागि एक करोड ६० लाख मतदाता रहेका थिए भने ३५ जना उम्मेदवार चुनावी प्रतिश्पर्धामा थिए।

सन् २००९ मा गृहयुद्ध अन्त्य भएपछि भएको यो तेस्रो निर्वाचनमा वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेना भने यस निर्वाचनमा सहभागी भएनन्।

सात महिना अघि २ सय ५३ जनाको ज्यान जानेगरी भएको भएको घटनामा उनको आलोचना भएकाले उनी अहिले उम्मेदवार नबनेको विश्लेषण गरिएको छ ।

राजापाक्ष चीन निकट मानिन्छन्। श्रीलङ्कालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नु पर्नेमा उनले जोड दिँदै आएका थिए।

प्रेमादासले भारत र अमेरिकासँग थप सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad