कारोबार


अण्डाको मूल्यमा भारी वृद्धि

अण्डाको मूल्यमा भारी वृद्धि

फाइल फोटो


नेपालखबर
जेठ २३, २०८३ शनिबार ८:२७, काठमाडौँ

नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्यमा भारी वृद्धि गरेको छ। 

संघको शुक्रबार काठमाडौँमा भएको भौतिक तथा भर्चुअल बैठकले आज (शनिबार) देखि लागू हुने गरी अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको हो। 

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी अण्डाको नयाँ मूल्य निर्धारण गरिएको हो। 

नयाँ मूल्यसूचीअनुसार अब ठूलाे (एक्सएल) अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६० रुपैयाँ पुगेको छ।

त्यसैगरी ठूलो अण्डाको ५४५, मध्यम (मिडियम) अण्डाको ५१५ तथा सानो अण्डाको प्रतिपेटी तीन हजार कायम गरिएको संघले जनाएको छ। यसअनुसार अब खुद्रा बजारमा  अण्डाको मूल्य प्रतिगोटा करिब २५ रुपैयाँ पुगेको छ।

सङ्घले सम्पूर्ण व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्यमा कारोबार गर्न पनि आग्रह गरेको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव तथा किसानको बढ्दो उत्पादन लागतलाई ध्यानमा राखेर मूल्य वृद्धि गरिएको हो।

पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर बढ्दै आएको छ। वैशाख २४ गते एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४६५ रहेकामा नयाँ मूल्य ५६० पुगेको छऽ जुन ९५ अर्थात् करिब २० प्रतिशतले बढी हो। सोही अवधिमा ठूलो अण्डाको मूल्य ४९० बाट ५४५, मिडियम अण्डाको ४०० बाट ५१५ तथा सानो अण्डाको प्रतिपेटी मूल्य २ हजार ३०० बाट तीन हजार पुगेको छ।

अध्यक्ष पोखरेलले हाल अण्डाको उत्पादन लागत प्रतिगोटा १९ दशमलव १२ रुपैयाँ पर्छ। नयाँ समर्थन मूल्य लागू भएपछि किसानले लागत नजिकको मूल्य पाउन थालेका छन्। लामो समयपछि अण्डाको बिक्री मूल्य उत्पादन लागतको हाराहारीमा पुगेकाले किसानलाई केही राहत मिलेको अध्यक्ष पोखरेलले बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad