नेकपा एमाले बागमती प्रदेशको काठमाडौंमा जारी अधिवेशनको चुनावी कार्यतालिका संशोधन भएको छ।
संशोधित कार्यतालिका अनुसार बिहीबार साँझ ६ बजेबाट निर्वाचन गर्नेगरी कार्यक्रम तय भएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिएका छन्।
नयाँ नेतृत्व छान्नका लागि हुन लागेको निर्वाचनको यसअघि पनि कार्यतालिका संशोधन हुँदै आएको छ।
बागमतीको अध्यक्षमा कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल र सानुकुमार श्रेष्ठको उम्मेदवारी कायम छ।
उम्मेदवारी घोषणा र दर्तादेखि नै सुरू भएको विवादबीच वर्तमान अध्यक्ष केशव पाण्डेले नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्।
असोज ११, २०८०, बिहीबार
21
Shares
प्रतिक्रिया