ad ad

बागमती


एमालेसहित तीन प्रतिपक्षी दलले बागमती प्रदेशको बजेट पास हुन नदिने

एमालेसहित तीन प्रतिपक्षी दलले बागमती प्रदेशको बजेट पास हुन नदिने

नेपालखबर
असार ७, २०८० बिहिबार १३:१५, काठमाडौँ

बागमती प्रदेशसभाको बैठक आगामी असार १२ गते मंगलबार बस्दैछ।

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को प्रस्तुत बजेटमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ। मंगलबारदेखि बजेटमाथिको छलफल सुरु हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए।

बागमती प्रदेश सरकारले गत शुक्रबार आगामी आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो।

सरकारले बजेटमाथि छलफलको मिति तय गर्दा एमालेसहित तीन प्रतिपक्षी दलले बजेट पास हुन नदिने बताएका छन्।

सरकारले एकलौटी ढंगले बजेट ल्याएको आरोप लगाउँदै एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले बजेट सदनबाट पास हुन नदिने बताएका छन्।

बजेटको २७ प्रतिशत मुख्यमन्त्री, अर्थमन्त्री र भौतिक पूर्वाधारमन्त्रीको क्षेत्रमा पारिएको आरोप लगाउँदै एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले दिगो विकासको लक्ष्यलाई कतै नछोएको बताए।  बजेटको लक्ष्य, गन्तव्य र कुनै क्रियाकलाप नमिलेको उनको भनाइ छ।

यता, नेमकिपा बागमती संसदीय नेता सुरेन्द्रराज गोसाईं पनि सरकारले अध्ययन बिनाको बजेट ल्याएको बताउँछन्। पुरानै लयमा बजेट आएको र यसको कार्यान्वयन हुनै नसक्ने उनले बताए।

मनलाग्दी तरिकाले ल्याएको बजेट सदनबाट पास भए जनतालाई घाटा हुने उनको तर्क छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .