बागमती


निरन्तरको वर्षाले बीपी राजमार्गमा रोकिए गाडी

निरन्तरको वर्षाले बीपी राजमार्गमा रोकिए गाडी

फाइल तस्बिर।


नेपालखबर
असार २९, २०८३ सोमबार १४:३३, मकवानपुर

रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेपछि काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गमा सवारीसाधनको आवागमन अस्थायीरूपमा रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सोमबार दिउँसो सूचना जारी गर्दै वर्षाका कारण राजमार्गमा बाढी, पहिरो तथा अन्य प्राकृतिक जोखिम उत्पन्न हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म सवारी आवागमन  ‘होल्ड’ गरिएको जनाएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार सडकको अवस्थामाथि निरन्तर निगरानी भइरहेको छ। सडक सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना जारी गर्दै राजमार्गमा सवारी आवागमन पुनः सञ्चालन गरिनेछ।

प्रहरीले यात्रु तथा चालकलाई अनावश्यकरूपमा यात्रा नगर्न र बीपी राजमार्गतर्फ प्रस्थान गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ। 

थप जानकारीका लागि नेपाल प्रहरीको आपतकालीन नम्बर १००, ट्राफिक प्रहरीको नम्बर १०३ तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्रको नम्बर १२३४ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad