ad ad

बागमती


काठमाडौँ उपत्यकाको मौसम सफा, न्यूनतम तापक्रम घट्यो

काठमाडौँ उपत्यकाको मौसम सफा, न्यूनतम तापक्रम घट्यो

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
फागुन ३, २०८० बिहिबार ७:२२, काठमाडौँ

आज (बिहीबार) बिहानैदेखि काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा भएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार उपत्यकामा अहिले बिहान हल्का हुस्सु लागिरहेको छ, तर यो घाम लागेसँगै हटेर जानेछ। 

‘आज दिउँसो पनि काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा नै रहनेछ’, मौसमविद्ले झाले भने, ‘आज पानी पर्ने सम्भावना छैन।’

२५ प्रतिशत आकाशमा मात्र बादल छ भने त्यसलाई मुख्यतया मौसम सफा मानिन्छ।

यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बुधबारभन्दा घटेको छ।   

मौसमविद् झाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियसमा देखिएको छ। बुधबार यहाँको न्यूनतम तापक्रम ७‍.२ डिग्री सेल्सियस थियो।

‘राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ, राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ’, उनले भने। 

आज उपत्यकामा घाम लाग्ने भएकाले अधिकतम तापक्रम भने बढ्ने मौसमविद् झाको भनाइ छ। 

उनका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।  

बुधबार दिनभर मौसम बदली भई घाम लाग्न नपाएकाले काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६.८ डिग्री सेल्सियसमा झरेको थियो।

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .