ad ad

बागमती


असोज ६ गतेका लागि बागमती प्रदेश सभा बैठक आह्वान

असोज ६ गतेका लागि बागमती प्रदेश सभा बैठक आह्वान

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १४:५७, मकवानपुर (हेटौंडा)

बागमती प्रदेश सभाको बैठक आगामी असोज ६ गते आइतबारका दिन लागि आह्वान गरिएको छ।

आइतबार अपराह्न १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। उक्त बैठकमा विभिन्न तीन वटा विधेयकमाथि पुर्ण छलफल गराई पारित गर्ने तयारी रहेको बताइएको छ।

प्रदेश सभा अन्तरगत रहेको विभिन्न समितिहरुमा उक्त तीन वटा विधेयकमाथि पूर्ण छलफल गरी संशोधनसहित प्रतिवेदन प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको छ।

बागमती प्रदेश सभाको बैठक यसअघि गत साउन १५ गते बसेको थियो। 

सो बैठकबाट दुई वटा विधेयक पारित गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .