ad ad

बागमती


अझै फेला परेनन् भोटेकोसीमा खसेको बोलेराका चालक

अझै फेला परेनन् भोटेकोसीमा खसेको बोलेराका चालक

भोटेकोसीमा खसेको बोलेर क्रेनले तान्दै


नेपालखबर
भदौ ३०, २०८१ आइतबार ११:४१, काठमाडौँ

सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकै भोटेकोसी नदीमा खसेको बोलेरोको चालक अझै भेटिएका छैनन्। 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता, डीएसपी निरञ्जन भट्टराईका अनुसार बा २० च २१८५ नं. को बोलेरो चालक भोटेकोसी गाउँपालिका–५ का अन्दाजी ३८ वर्षीय सानु शेर्पा आज (आइतबार) बिहानसम्म फेला नपरेका हुन्। 

‘खोजी जारी छ, आजदेखि गोताखोर पनि परिचालन गरेका छौँ भने भोटेकोसी नदी पुग्ने सुनकोसीलगायत क्षेत्रमा पनि खबर गरेका छौँ’, डीएसपी भट्टराईले भने। 

उक्त गाडीमा सवार एक मात्र यात्रु बाह्रबिसे नगरपालिका–९ बस्ने ३५ वर्षीया सुन्तली तामाङ भने शनिबार मृत अवस्थामा भेटिइसकेकी छन्।

गत शुक्रबार बिहान बाह्रबिसे नगरपालिका–६ बोर्डरल्यान्ड ढुंगाखानी छ्याक्सास्थित अरनिको राजमार्गबाट अन्दाजी १०० मिटर तल भोटेकोसी नदीमा गाडीको टायर देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

त्यसपछि गएको प्रहरी टोलीले क्रेनको सहायताले ७ घण्टाको प्रयासपछि शुक्रबार बेलुका क्षतिग्रस्त अवस्थामा बोलेरो नदीबाट निकालेको थियो। तर त्यसमा मानिस कोही पनि थिएनन्।

पछि आफन्तहरूले जानकारी गराएपछि प्रहरीले चालक सानु शेर्पा र यात्रु सुन्तली तामाङ नदीमा बेपत्ता भएको थाहा पाएको थियो। स्थानीय र प्रहरीले शुक्रबार मात्र देखे पनि उक्त बोलेरो बिहीबार राति नै भोटेकोसीमा खसेको पाइएको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .