ad ad

बागमती


भोटेकोसीमा खसेको बोलेरोमा थिए पुरुष र महिला, नदीमा भए बेपत्ता

भोटेकोसीमा खसेको बोलेरोमा थिए पुरुष र महिला, नदीमा भए बेपत्ता

भोटेकोसी नदीमा खसेको बोलेरो क्रेनको सहायताले निकालिँदै


नेपालखबर
भदौ २९, २०८१ शनिबार १०:३७, काठमाडौँ

सिन्धुपाल्चोकस्थित बाह्रबिसे-तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकै भोटेकोसी नदीबाट शुक्रबार निकालिएको बोलेरो गाडीमा सवार चालकसहित २ जना अझै फेला परेका छैनन्। 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शुक्रबार बा २० च २१८५ नं. को बोलेरो भोटेकोसीमा खसेको अवस्थामा भेटिएको थियो।

शुक्रबार बिहान बाह्रबिसे नगरपालिका-६ बोर्डरल्यान्ड ढुंगाखानी छ्याक्सास्थित अरनिको राजमार्गबाट अन्दाजी १०० मिटर तल भोटेकोसी नदीमा गाडीको टायर देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

त्यसपछि गएको प्रहरी टोलीले क्रेनको सहायताले ७ घण्टाको प्रयासपछि शुक्रबार बेलुका क्षतिग्रस्त बोलेरो नदीबाट निकालेको थियो। तर त्यसमा कोही पनि मानिस थिएनन्। 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता, डीएसपी निरञ्जन भट्टराईले त्यस गाडीमा चालक भोटेकोसी गाउँपालिका-५ बस्ने अन्दाजी ३८ वर्षीय सानु शेर्पा र यात्रु बाह्रबिसे नगरपालिका-९ बस्ने ३५ वर्षीया सुन्तली तामाङ रहेको आफन्तबाट जानकारी पाइएको बताए।

‘अहिले बिहानसम्म उनीहरू फेला परेका छैनन्, खोजी जारी छ’, शनिबार बिहान उनले भने। 

खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएको उनले बताए। 

स्थानीय र आफन्तले बताएअनुसार उक्त बोलेरो बिहीबार बेलुका नै भोटेकोसीमा खसेको अनुमान प्रहरीले गरेको छ। 

बोलेरो निकाल्दै गर्दाको भिडिओ हेर्नुहोस्-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .