ad ad

बागमती


कुपण्डोलमा भासिएको सडक मर्मतपछि आज बिहान ९ बजेदेखि चल्न थाले गाडी

कुपण्डोलमा भासिएको सडक मर्मतपछि आज बिहान ९ बजेदेखि चल्न थाले गाडी

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १०:०, ललितपुर

शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन्।

आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो।

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो।

शनिबार साँझदेखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो।

मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयका सुपरभाइजर निराजन पाण्डले बताए। रासस 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .