ad ad

समाज


राशिफल ३१ भदौ : वृश्चिकले उत्तर दिशाको यात्रा नगर्ने, धनुले कालो रङको प्रयोग नगर्ने, तपाईँको के?

राशिफल ३१ भदौ : वृश्चिकले उत्तर दिशाको यात्रा नगर्ने, धनुले कालो रङको प्रयोग नगर्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
भदौ ३१, २०८१ सोमबार ४:३६, काठमाडौँ

आज सोमबार, ३१ भदौ २०८१ (१६ सेप्टेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : स्वादिष्ट भोजन पाइनेछ। विद्वान्‌हरूको साथ घुलमिल हुने मौका मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। ससाना यात्राबाट राम्रो फल मिल्नेछ। प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६२, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृष : क्षमता प्रदर्शन गर्ने अवसर जुर्ला। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। प्रतिस्पर्धात्मक कार्यमा जित हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। मनोरञ्जनमा सहभागी भइनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मिथुन : प्रसिद्धि र सम्मानमा वृद्धि हुनेछ। अचल सम्पत्ति हात पर्ने योग छ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। व्यावसायिक काममा राम्रै फड्को मारिएला। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७६, व्यापारमा ५४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कर्कट : अचानक विविध समस्या देखा पर्न सक्छन्। अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ। पारिवारिक र नातागोताभित्रका सदस्यसँग राम्रो व्यवहार पुर्‍याउन नसक्नाले महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ।

भाग्यशाली रङ हरियो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा पनि ३९, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह : शुभकार्यको चर्चा चल्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ। पठनपाठनमा प्रगति हुनेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ।

भाग्यशाली रङ आकासे र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ६६ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। धार्मिक यात्राले अनुहारमा चमकता आउनेछ। प्रेम जीवन सबल र सफल हुनुका साथै दाम्पत्य जीवन सुखमय हुनेछ।

भाग्यशाली रङ रातो रहेको छ भने अङ्क ९ हो। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६९, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। अरूको कुभलो नचिताउने।

तुला : ठिक समयमा सही निर्णय लिन सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ। मनमा ठूलो उमङ्गको सिर्जना हुनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। विश्वास गरेकाबाट घात हुने छैन।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : सुखदुःख बराबरी रहनेछ। आफूलाई कमजोर भएको अनुभूति हुन सक्छ। नाक तथा घाँटीमा समस्या आउला। सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला। अनावश्यक ठाउँमा धन खर्च होला।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ६८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। उत्तर दिशा नजाने।

धनु : धर्मकर्ममा रुचि बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्ने छ, तर बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। कालो रङको प्रयोग नगर्ने।

मकर : आफूले गरेको सङ्घर्षबाट आफन्तले लाभ लिन सक्छन्। धार्मिक यात्राको योग छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण  हुन सकिनेछ। सफल यात्राको योग छ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ७९, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। आकस्मिक यात्रा हुन सक्छ। र, यात्राबाट लाभ पनि मिल्नेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मीन : मन खिन्न हुने स्थिति आउन सक्छ। बुद्धिले काम नगर्न सक्छ, अत: सचेत रहनु होला। चित्त दुख्ने समाचार सुन्नु पर्नेछ। यात्रा फलदायी नहोला। साँझमा भने शुभ समाचार सुन्नमा आउला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ७७ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शिवजीको दर्शन गर्ने। अरूको मन दुख्ने काम नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .