ad ad

बागमती


काठमाडौँ उपत्यकामा छिटपुट वर्षा, स्वाट्टै घट्यो तापक्रम

काठमाडौँ उपत्यकामा छिटपुट वर्षा, स्वाट्टै घट्यो तापक्रम

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
फागुन २, २०८० बुधबार १९:३९, काठमाडौँ

आज (बुधबार) देशका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकामा पनि छिटपुट वर्षा भएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज दिउँसो काठमाडौँ उपत्यकाका बालाजुलगायत एक/दुई स्थानमा छिटपुट मात्र पानी परेको हो। 

दिनभर मौसम बदलीका कारण घाम लाग्न नपाउँदा उपत्यकाको तापक्रम स्वाट्टै घटेको छ। 

मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार आज उपत्यकाको अधिकतम तापक्रम १६.८ डिग्री सेल्सियसमा झरेको हो। मंगलबार यहाँको अधिकतम तापक्रम २२.७ डिग्री सेल्सियस थियो। 

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने ७.२ डिग्री सेल्सियस छ। मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ६‍.८ डिग्री सेल्सियस थियो। 

मौसमविद्का अनुसार दिनमा बादल लाग्यो, घाम लाग्न पाएन, पानी पर्‍यो भने अधिकतम तापक्रम घट्छ भने यसको ठीक उल्टो राति आकाश बादलले ढाक्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।

मौसमविद् झाका अनुसार आज रातिलाई भने काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना देखिएको छैन। 

‘अहिलेलाई उपत्यकामा वर्षा यत्ति नै हो’, उनले भने, ‘भोलिबाट मौसम सुधार हुँदै जाने देखिएको छ।’

मौसमविद् झाका अनुसार आज काठमाडौँ उपत्यकासँगै बागमती, मधेस र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा छिटपुटदेखि हल्कासम्म वर्षा भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .