ad ad

बागमती


ट्रक त्रिशूलीमा खसालेर चालक भागेको आशंका, चलानीबाट खुल्यो परिचय

ट्रक त्रिशूलीमा खसालेर चालक भागेको आशंका, चलानीबाट खुल्यो परिचय

आइतबार बिहान सिमलतालबाट त्रिशूली किनारमा खसेको ट्रक।


सुनिता विष्ट
भदौ ३०, २०८१ आइतबार १२:०, हेटौँडा

नारायणगढ-मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालामा त्रिशूली नदीकिनारमा खसेको ट्रकका चालक यमबहादुर घले रहेको खुलेको छ।

चितवन प्रहरीका अनुसार ट्रकमा भेटिएको चलानीमा चालक यमबहादुर घले उल्लेख गरिएको पाइएको हो।

ट्रक दुर्घटनापछि चालक घले त्रिशूलीमा बेपत्ता नभएर फरार रहेको अनुमान प्रहरीले गरेको छ। चालक त्रिशूलीमा परेर बेपत्ता भएजस्तो कुनै प्रमाण हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो। 

ट्रकमा भेटिएको सामानको चलानीमा उल्लेख नाम र मोबाइल नम्बरअनुसार ट्रक चालक घलेको खोजतलास अघि बढाइएको चितवन प्रहरीका सूचना अधिकारी, प्रहरी नायब उपरिक्षक (डीएसपी) भेषराज रिजालले बताए।

‘चलानीमा उल्लेख नामअनुसार चालकको नाम यमबहादुर घले भएको पाइएको छ’, डीएसपी रिजालले नेपालखबरसँग भने, ‘चालक हेटौँडाको भएको भन्ने कुरा आएको छ। चलानीमा लेखिएको मोबाइल नम्बर पनि स्विच अफ छ।’

उनका अनुसार मोबाइल अफ भएका कारण ट्रक पल्टिएपछि चालक भागेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

दुर्घटनालाई नै प्रहरीले शंकास्पद ठानेको छ। तर घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी रिजालले बताए।

अहिलेसम्म ट्रकमा चालकबाहेक अरू को थिए भन्ने विषय पनि पत्ता लागेको छैन। 

ट्रकधनी पनि पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। सवारीधनी फेला परेपछि बाँकी विवरण खुल्न आउने चितवन प्रहरीको विश्वास छ।

आइतबार (आज) बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक सिमलतालबाट त्रिशूली नदी किनारमा खसेको हो।

२२५ कार्टुन आरएमसी कम्पनीका सूर्यमुखी खानेतेल लिएर काठमाडौँ जाँदै गरेको ट्रक दुर्घटनामा परेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .