ad ad

समाज


निजगढमा ४३ जना सवार बस पुलबाट खस्यो

१ जनाको मृत्यु, ४२ घाइते, चालकको अवस्था गम्भीर
निजगढमा ४३ जना सवार बस पुलबाट खस्यो

दुर्घटनामा परेको बस।


नेपालखबर
भदौ ३१, २०८१ सोमबार १०:७, काठमाडौँ

बारामा गएराति बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ४२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

गएराति साढे १२ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने निजगढ नगरपालिका- ८ स्थित उनासी पुलबाट बस तल खसेर दुर्घटना भएको बाराका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए। 

‘दुर्घटनामा दाङको गडवा गाउँपालिका-५ घर भएका करिब ४५ वर्षीय चेतन राय यादवको मृत्यु भएको छ,’ सापकोटाले नेपालखबरसँग भने, ‘यादवको उपचारको क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा आज बिहान मृत्यु भएको हो।’ 

विराटनगरबाट दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भएर पुलबाट तल खसेको उनले बताए।  

घाइते ४२ जनामध्ये ७ जनाको अवस्था गम्भीर छ। ‘गम्भीर घाइते सात जनाको अहिले बयोधा अस्पतालमा उपचार भइरहेको छ,’ डीएसपी सापकोटाले भने, ‘सामान्य घाइते ३६ जनाको निजगढकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ।’ 

अगाडिपट्टीको पट्दा भाचिँदा बस अनियन्त्रित भएर पुलबाट तल खसेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको उनले बताए। 

घाइतेमध्ये सामान्य अवस्थाका २७ जनाको निजगढस्थित प्रसूती अस्पतालमा र आठ जनाको सिटी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा बसका चालक सल्यानको शारदा नगरपालिका- ३ का करिब ४० वर्षीय बलबहादुर भण्डारी पनि गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .