समाज


बुटवलको जंगलमा प्रहरी हवल्दार मृत भेटिए

बुटवलको जंगलमा प्रहरी हवल्दार मृत भेटिए

नेपालखबर
फागुन ३, २०८० बिहिबार ७:४५, काठमाडौँ

रुपन्देहीको बुटवल जंगलमा नेपाल प्रहरीका एकजना हवल्दार मृत फेला परेका छन्।

प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत प्रहरी हवल्दार भुपेन्द्र ठकुल्लाको बुटवलको जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी भरत विकले जानकारी दिए। 

‘हाम्रो अनुसन्धानमा उनी काठमाडौँबाट नेपालगन्ज फर्किंदै गर्दा एक्लै जंगलमा झरेको देखिन्छ्,’ एसपी विकले नेपालखबरसँग भने, ‘हामीले पुस २९ गते बुटवल उपमहानगरपालिका- ७ स्थित शिवनगर सामुदायिक वनमा उनको शव भेटेका हौँ। हामीले भेट्दा शव सडिकसको अवस्था थियो।’

ठकुल्लाको मानसिक अवस्था ठिक नभएको पाइएको एसपी विकले बताए। 

‘उनको मानसिक अवस्था ठिक रहेनछ। एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेछन्। जंगलमा खान नपाएर उनको मृत्यु भएको पनि हुनसक्छ। पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ,’ एसपी विकले भने। 

ठकुल्लाको शव पोष्टमार्टमपछि आफन्तले बुझिलगेका उनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .