काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र (बालेन) शाहले महानगरभित्र अनधिकृत रूपमा बनाइएका संरचनामा एक्कासि डोजर नलगाएको बताएका छन्।
बुधबार उनले काठमाडौं मलअगाडि र आरबी कम्पलेक्समा बनाइएका अवैध संरचना डोजर लगाएर भत्काएका थिए।
तर त्यस्तो कारबाही आफूहरूले एक्कासि गरेको नभई ३५ दिने सूचना जारी गर्दा पनि अटेर गरेकाले त्यस्ता संरचनामा डोजर चलाइएको उनले बताएका छन्।
‘हामीले एक्कासि अनधिकृत संरचनाहरू भत्काउन सुरु गरेका होइनौँ, ३५ दिने सूचना जारी गरेका थियौँ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तर सो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहमा लागि कोही पनि सम्पर्कमा नआउनुभएको तीतो अनुभव हामीसँग छ।’
यो पनि -
बालेन्द्रको एक्सनमा जिल्ला अदालत, नक्सा पासको प्रमाण दिन अल्टिमेटम
बालेन्द्रलाई पर्खिरहेको अल्फा बिटा, बाटो मिचेर पार्किङ (तस्बिरहरु)
काठमाडौंको शान्तिसुरक्षाबारे मेयर बालेन्द्रले गरे उपत्यका प्रहरी प्रमुखसँग छलफल
काठमाडौंको रात्रिकालीन व्यवसायमा प्रहरीको नियन्त्रण, व्यवसायी भन्छन्– साँझमा सुत्न पर्यटक आउँदैनन्
Shares

प्रतिक्रिया