काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई नकसा पास भएको अभिलेख पठाउनका लागि पत्र लेखेको छ। अदालत भवनको नक्सा पास नभेटिएकाले सो को प्रमाण पठाउन महानगरले जिल्ला अदालतलाई पत्र लेखेको हो।
महानगरपालिकाका भवन निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार हप्ता÷दशदिन अघि नै अदालतलाई अभिलेख उपलब्ध गराउन पत्र पठाइएको हो।
‘नक्सा पास भएको अभिलेख नभेृटाएपछि अभिलेख राख्न विवरण पठाउन अनुरोध गरेका छौं,’ शाक्यले नेपालखबरसँग भने।
नक्सा पास नभएको पाइए कानुनी रुपमा अगाडि बढ्ने महानगर प्रमुख बालेन्द्र शाहले बताएका छन्।
अदालतले सो को अभिलेख नपठाए कानुन अनुसार कारबाही गर्ने शाक्यले जानकारी दिए।
1.9k
Shares
प्रतिक्रिया