ad ad

बागमती


ओभरटेक गर्न खोज्दा ट्रकमा ठोक्कियो मोटरसाइकल, एकजनाको मृत्यु

ओभरटेक गर्न खोज्दा ट्रकमा ठोक्कियो मोटरसाइकल, एकजनाको मृत्यु

नेपालखबर
साउन ११, २०७९ बुधबार ९:३३, काठमाडौँ

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १३ भैँसेपाटीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक रोशी गाउँपालिका–१ का  १८ वर्षीय कृष्ट लामा छन्। 

अरनिको राजमार्गअन्तर्गत बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको ना८ख ८०८७ नंको ट्रकलाई सोही दिशाबाट जाँदै गरेको बा६७प २८९२ नंको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। 

सो घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय एण्डी लामा  घाइते भएको प्रहरीले जनाएको छ। 

यसैबीच यही साउन ४ गते रोशी गाउँपालिका–१ फलामेसाँघुस्थित रोशी खोलाले बगाएर बेपत्ता नमोबुद्ध नगरपालिका–९ का ४८ वर्षीय ज्ञानबहादुर लामाको शव मङ्गलबार फेला परेको छ। लामालाई भैँसी चराएर घर फर्कने क्रममा खोलाले बगाएको थियो। 

शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .