अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहँदै आएको टिभिएस टु ह्वीलरको नेपालस्थित एक आधिकरिक वितरक जगदम्बा मोटर्स प्रा.लि.को सक्रियतामा यसपटक देशको सातै प्रदेशमा टिभिएस अपाचे सप्तरङ्ग सिरिज २ सम्पन्न हुने भएको छ। यस मनोरन्जनात्मक कार्यक्रमको उद्घाटन सातै प्रदेशका मुख्यमन्त्रीहरुले गर्नेछन्।
सप्तरंगको पहिलो सृंखलाको लोकप्रियताबाट हौसिएको आयोजक संस्था ग्रीष्मा ब्रोडकाष्टिङ्गको आयोजना रहेको यो संगीतमय मनोरन्जनात्मक कार्यक्रम देशको सातवटै प्रदेशमा क्रमशः यही २०७६ कार्तिक २१ गतेदेखि मंसिर ४ गतेसम्म प्रस्तुत गरिनेछ। कार्यक्रममा विभिन्न गीतसंगीतका साथसाथै नृत्य, प्रहसन आदि पनि समावेश गरिएका छन्। यस साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहनेछन् भनें साथमा जितु नेपाल, गायक सुगम पोखरेललगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिनेछन्।
नेपाललाई सन् २०२० मा भ्रमण वर्षको रुपमा मनाउन लागेको सन्दर्भमा पर्यटन प्रवद्र्धन र समुन्नतिका लागि भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रमले भ्रमण वर्षको लक्ष्य प्राप्तीमा सहयोग पु¥याउने अपेक्षा पनि गरिएको छ।
Shares

प्रतिक्रिया