सातै प्रदेश प्रमुख नियुक्त गर्न बस्न तय भएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ। पाँच बजेका लागि आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद बैठक पुनः सोमबार ११ बजेका लागि स्थगित भएको एक मन्त्रीले बताएका छन्।
‘मन्त्रिपरिषदको बैठकमा सहभागी हुन सबै मन्त्रीहरु बालुवाटार पुगिसकेका थिए। तर बैठक नहुने भएपछि सबै फर्किएका छौं’ बालुवाटारबाट फर्किदै गरेका एक मन्त्रीले भने। ती मन्त्रीका अनुसार भोली नै सातै प्रदेशका नयाँ प्रमुखहरुको तोकिने छ।

प्रतिक्रिया