नेपालका लागि जीहो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले 'जीहो ईभी केयर क्याम्प' सुरु गरेको छ। रिलायन्स ग्रुप अन्तर्गतको उक्त कम्पनीले ग्राहकलाई लक्षित गर्दै निःशुल्क स्कुटर चेकअप कार्यक्रम ल्याएको हो।
आइतबारदेखि सुरु भएको यो क्याम्प आगामी माघ २९ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। क्याम्पमा इलेक्ट्रिक स्कुटरको ब्याट्री हेल्थ, चार्जिङ सिस्टम, सफ्टवेयर तथा पर्फमेन्स स्क्यान गरिनेछ। त्यसैगरी मोटर, कन्ट्रोलर, ब्रेक, सस्पेन्सन, टायर र लाइटहरूको समेत प्राविधिक परीक्षण गरिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
यस अवसरमा स्कुटरका पार्टपुर्जामा विशेष सहुलियतको व्यवस्था गरिएको छ। कम्पनीका अनुसार 'रनिङ पार्ट्स'मा २० प्रतिशत र 'अन कभर आइटम' तथा एसेसरीजमा ३५ प्रतिशतसम्म छुट दिइनेछ।
नेपाली बजारमा हाल जीहोका 'एई-६', 'एई-४' र 'एई-८' मोडलका इलेक्ट्रिक स्कुटरहरू उपलब्ध छन्। यी स्कुटरमा जीहो राइड एप, लिथियम आयोन ब्याट्री, आईपी-६७ प्रोटेक्सन, सेन्सर, ब्याट्री म्यानेजमेन्ट सिस्टम, रडार, रिभर्स गियर र क्रुज कन्ट्रोल जस्ता विशेषता छन्।
कम्पनीले हाल काठमाडौँको नक्साल, झम्सिखेल र सल्लाघारीमा शोरुम तथा कालोपुल र सल्लाघारीमा सर्भिस सेन्टरमार्फत सेवा दिँदै आएको छ।
आज देखि सुरु भएको सो क्याम्प आगामी माघ २९ सम्म हुनेछ । सो अवसरमा रनिङ पार्ट्समा २० प्रतिशत र अन कभर आइटम एन्ड एसेसरिजमा ३५ प्रतिशत सम्म छुट जस्ता आकर्षण समेत रहने छन्।
जीहो ब्रान्डका इलेक्ट्रिक स्कुटर सो अवसरमा चेकअप गर्न सकिने कम्पनीले बताएको छ। आफ्ना स्कुटरको राम्रो सर्भिसिङ वाहेक अन्य आकर्षक अफरको समेत फाइदा लिन कम्पनीले अनुरोध गरेको छ।
Shares

प्रतिक्रिया