राजनीति


मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार १४:४४,

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीका लागि बागलुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

सदरमुकाम बागलुङ बजारमा रहेको जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। जिल्लामा क्रियाशील राजनीतिक दल, निर्वाचनसँग सम्बन्धित कार्यालय प्रमुख र सरोकारवालाको रोहबरमा कार्यालय स्थापना गरिएको हो।

वडाको मात्रै निर्वाचन हुने बडिगाड गाउँपालिकामा भने आगामी बुधबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय खोलिनेछ। प्रदेशसभाका लागि निर्वाचन आयोगले जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपानेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ। कार्यालय स्थापना गर्दै उनले निर्वाचनलाई सफल बनाउनका लागि सहयोग गर्न सबै पक्षसँग आग्रह गरे।

बडीगाड–२ को उपनिर्वाचनमा मुख्य निर्वाचन अधिकृत उच्च अदालत पोखरा, बागलुङ इजलासका रजिष्टार ध्रुव ढकाललाई तोकिएको छ। बुधबार कार्यालय स्थापनापछि निर्वाचनका थप कार्यक्रम सार्वजनिक हुनेछन्। प्रदेशसभा सदस्यका लागि यही कात्तिक २१ गते उम्मेदवारी दर्ता हुनेछ। स्थानीय तहका रिक्त पदका लागि भने यही कात्तिक २७ गते मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम तय गरिएको छ।

प्रदेशसभा सदस्यको निर्वाचन प्रचारप्रसारको अवधि १६ दिनको हुनेछ भने स्थानीय तहका उम्मेदवारले प्रचारप्रसारका लागि १० दिन समय पाइने छ। क्षेत्र नं २(ख) मा हुने निर्वाचनका लागि ४३ मतदान केन्द्र तोकिएका छन्। बडीगाड–२ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि भने दुई मतदान केन्द्र तोकिएका जनाइएको छ।

प्रदेशसभा र वडामा ३६ हजार ९२६ मतदाता मतदानमा सहभागी हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन परिचालनका लागि मतदान अधिकृतसहित ४०५ कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad