चीनले ऊर्जाको प्रयोग र विद्युतीकरणमा विश्वका विकसित अर्थतन्त्र मानिने युरोप र उत्तरी अमेरिकालाई पछाडि पारेको छ। 'चाइना इलेक्ट्रिसिटी काउन्सिल' ले हालै सार्वजनिक गरेको एक रिपोर्टअनुसार सन् २०२४ मा चीनको विद्युतीकरण दर २८.८ प्रतिशत पुगेको छ।
चीनले सन् २०३० सम्ममा आफ्नो कुल ऊर्जा खपतको ३५ प्रतिशत हिस्सा विद्युतबाटै पुर्याउने महत्त्वाकांक्षी लक्ष्य लिएको छ। काउन्सिलका कार्यकारी उपाध्यक्ष याङ कुन भन्छन्, 'विद्युतीकरणको यो स्तरले चीनको आधुनिक उत्पादन शक्ति र विकासको बढिरहेको पुष्टि गर्छ।'
अहिले विश्वभर चर्चामा रहेका सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स एअइ (एआई), जैविक प्रविधि र विद्युतीय सवारी साधनजस्ता उद्योगहरू पूर्ण रूपमा विद्युतमा निर्भर छन्। यी उदीयमान उद्योग हुन्।
चीनले सन् २०२६ देखि २०३० सम्म 'ग्रिन' र कम कार्बन उत्सर्जन हुने ऊर्जा खपतलाई प्राथमिकतामा राखेको छ। हाल कुल विद्युत उत्पादन क्षमतामध्ये ६० प्रतिशत हिस्सा जलविद्युत, वायु र सौर्य ऊर्जा जस्ता नवीकरणीय स्रोतले ओगटेको छ।
ठूला उद्योगहरू— इस्पात, पेट्रोकेमिकल र निर्माण सामग्री— अब विस्तारै कोइलाबाट विद्युतमा रूपान्तरण भइरहेका छन्। यसको एउटा उदाहरण शान्सी प्रान्तको फलाम उद्योग पनि हो। सन् १९७० को दशकमा कोइलामा निर्भर यो उद्योगले अहिले विद्युतीय इन्डक्सन भट्टी प्रयोग गर्छ, जसका कारण उत्पादन लागत ६ प्रतिशतले घटेको छ।
विश्वव्यापी रूपमा कार्बन उत्सर्जनको मापदण्ड कडा हुँदै जाँदा चीनले आफ्ना उत्पादनलाई 'हरित उत्पादन' मा ढालेर अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बनाइरहेको छ।
Shares

प्रतिक्रिया