खेल


स्विडेनलाई १-१ को बराबरीमा रोकेर जापान नकआउट चरणमा

स्विडेनलाई १-१ को बराबरीमा रोकेर जापान नकआउट चरणमा

नेपालखबर
असार १२, २०८३ शुक्रबार ६:५०, काठमाडौँ

फिफा विश्वकप-२०२६ अन्तर्गत डालास स्टेडियममा भर्खरै सकिएको समूह ‘एफ’को खेलमा जापान र स्विडेनले १-१ गोलको बराबरी खेलेका छन्। 

पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुवै टोलीले दोस्रो हाफमा १-१ गोल गरेका हुन्। 

यो खेलपछि जापान ५ अंकसहित समूहको उप विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। 

यो नतिजाले स्विडेन पनि अन्तिम ३२ मा प्रवेश गरेको छ। स्वीडेन ४ अङ्कसहित नकआउट चरणमा प्रवेश गरेको हो।

खेलको ५६ औँ मिनेटमा जापानका डायची मायदाले १ गोल गरे। 

६२ औँ मिनेटमा स्विडेनका एन्थोनी एलागाले बराबरीमा ल्याए। त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad