नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक भारतीय हर्षल जयन्त पाठक पदमुक्त भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) को असार २१ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले पाठकलाई पदमुक्त गरेको हो।
राष्ट्रिय महिला क्रिकेट टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको तथा उनको कार्यसम्पादन सन्तोषजनक नदेखिएको निष्कर्षसहित पाठकलाई सोही मितिबाट लागू हुने गरी प्रशिक्षक पदबाट हटाइएको हो।
त्यस्तै, क्यानले राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी हालका लागि महेश प्रसाद रिजाललाई दिएको छ। रिजाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) मोरङ जिल्ला खेलकुद विकास समितिमा कार्यरत लेभल–२ प्रशिक्षक हुन्।

प्रतिक्रिया