खेल


इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

नेपालखबर
असार २६, २०८३ शुक्रबार १८:५, काठमाडौँ

इन्डिया ‘ए’सँग नेपाली राष्ट्रिय क्रिकेट टोलीले तीन खेलको टी–२० शृंखला खेल्ने भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान)ले यसको पुष्टि गरेको हो। 

क्यानको आयोजनामा आगामी डिसेम्बर ९, ११ र १३ तारिखमा ऐतिहासिक शृंखला हुने भएको हो। खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ। 

स्कटल्यान्डमा समपन्न आईसीसी कन्फरेन्समा क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का सचिव देभजित साइकियाबीचको बैठकले उक्त निर्णय गरेको क्यानले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad