खेल


कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

नेपालखबर
असार २७, २०८३ शनिबार १४:४५, काठमाडौँ

एम्स वन ग्लोबल माइलअन्तर्गत शनिवार भएको कोहलपुर माइल (१.६ किमी) दौडमा समिर बस्नेत र चेतना बस्नेत च्याम्पियन बनेका छन्। 

कोहलपुर माइलमा स्कुल स्तरीय छात्रतर्फ समिर पहिलो हुँदा सुगम चौधरी दोस्रो, करण सिकर्मी तेस्रो र सन्देश बुढाथोकी चौथो भए। स्कुल स्तरीय छात्रातर्फ चेतना अग्रस्थानमा आउँदा सलिना थारु दोस्रो, नियुक्ती गुरुङ तेस्रो र एन्जल सुनार चौथो भए। 

कोहलपुर खुला मैदानदेखि सुरु भई नेपालगन्ज मेडिकल कलेजको गेटसम्म पुगेर पुनः सोही रुट हुँदै खुला मैदानमै सम्पन्न भएको किड्स रन गल्र्स (८ देखि १२ वर्ष उमेर समूह) तर्फ मान्वी चौधरी, बिपना बुढा, नबिना थापा र ग्रीष्मा शाही तथा किड्स छात्र (८ देखि १२ वर्ष) सम्म समूहमा मिलन कैला, अब्दुल्लाह खान, अमृत बिक र दिनेश कैला शीर्ष चार स्थानमा आए। 

विजयी खेलाडीलाई नगदर चार हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँसँगै ट्रफी प्रदान गरिएको छ। कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले विजेतालाई पुरस्कृत गरेका हुन्। 

अमेरिकाको न्युयोर्कस्थि ह्युडसन माइलको बिस्तारित रुपनै वन ग्लोबल माइल हो। ‘एक दिन एक माइल एक विश्व’ नारासहित दौड संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले ११ जुलाईमा ११ देशका विभिन्न शहरमा एकै पटक ‘वन ग्लोबल माइल’आयोजना गरिएको छ। 

त्यस्तै, एम्स ग्लोबल माइलअन्तर्गत काठमाडौँ माइल पनि शनिबार सम्पन्न भएको छ। नक्साल नारायणचौरदेखि सुरु भइ दरबारमार्ग पुगेर पुनः नारायणचौरमै सम्पन्न भएको काठमाडौँ माइलमा सहभागीलाई मेडल र प्रमाणपत्र वितरण गरिएको छ। 

एक माइल दौडले सहभागीलाई लामो दौडतर्फ आकर्षित गर्ने काठमाडौँ माइलका डाइरेक्टर कपिल थापाको भनाइ छ। अर्को वर्ष काठमाडौं माइल बृहत ढंगले गर्न आफुलाई उत्साह थपेको उनले बताए। 

कार्यक्रम संयोजक ममता थापाले काठमाडौं जस्तो ठाउँमा वन ग्लोबल माइलको महत्व बुझ्नेको संख्या उल्लेख्य भएको हुँदा आगामी संस्करणमा यसको दायरा फराकिलो बन्दै जाने बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad