मलेसियाको क्वालालम्पुरमा शनिबार सुरु एसीसी यू-१९ ट्वान्टी-ट्वान्टी महिला प्रिमियर कपमा नेपालले सानदार विजय सुरुवात गरेको छ।
मलेसियाको बायोमास क्रिकेट ओभलमा भएको प्रतिस्पर्धामा नेपाली महिला टोलीले कतारलाई १०५ रनले हराएको हो।
पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा दिएको १३१ रनको लक्ष्य पछ्याउने क्रममा कतार १२ ओभरमै अलआउट हुँदै २५ रनमा समेटियो।
नेपालकी सावित्री धामीले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेलिन्। उनले ४७ बलको सामना गर्दै ५ चौका हानिन्।
यस्तै सना प्रवीणले २७, एन्जिला पाठकले २३ र त्रिसना विश्वकर्माले ५ रन बनाए।
नेपालले आफ्नो पारीमा ३ विकेट मात्र गुमायो।
कतारतर्फ लिहारा अवेक्षाकाराले २ र मेहजा मेहविसले १ विकेट लिए।
जवाफी ब्याटिङमा कतार २५ रनमै अलआउट भयो।
कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कतारकी सरगम पटेलले सर्वाधिक ४ रन बनाइन्।
नेपाल अब आइतबार सिंगापुरसँग भिड्नेछ।
Shares

प्रतिक्रिया