ad ad

खेल


विश्वकप खेलिसकेको टोली अस्ट्रेलियासँग भिड्दै नेपाल

विश्वकप खेलिसकेको टोली अस्ट्रेलियासँग भिड्दै नेपाल

नेपालखबर
असोज २३, २०७६ बिहिबार ७:१६,

अष्ट्रेलिया फिफा वरियतामा ४४ औं स्थानमा रहेको टोली हो भने नेपाल १ सय ६१ औं स्थानमा रहेको टोली हो। अर्थात् नेपालभन्दा अस्ट्रेलिया ११७ औं स्थानमाथि छ।

क्यानबेरास्थित अष्ट्रेलियाको जियो स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे खेल सुरु हुनेछ।

सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि हाल विभिन्न क्षेत्रका विश्वकप छनौट खेलहरु जारी छन्।

नेपालले विश्वकप छनोटको अवे खेलमा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लागेको हो।

विश्वकप फुटबलमा लगातार भाग लिँदै आएको अष्ट्रेलियासँग कमजोर नेपाली टोलीले खेल जित्न निकै संघर्ष गर्नुपर्ने देखिन्छ।

द गार्जेनका अनुसार अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपालमाथि धेरै भन्दा धेरै गोल गर्ने लक्ष्य राखेका छन्। उनले अस्टे्रलियाले नेपालमाथि सहज नतिजा निकाल्ने दाबी गरेका छन्।

ग्रुब बी अन्तर्गतको अंक तालिकाअनुसार कुवेत यस समूहमा २ खेल खेलेर ३ अंकसहित शीर्ष स्थानमा छ। एक खेलबाट ३ अंक जोडेको अस्ट्रेलिया दोस्रो स्थानमा छ।

१ खेलबाट ३ अंक भएको जोर्डन तेस्रो स्थानमा छ भने २ खेलबाट ३ अंक बटुलेको नेपाल चौथो स्थानमा छ। २ खेलमा शुन्य अंक भएको चाइनिज ताइपेइ समूहको अन्तिम स्थानमा छ।

नेपालले छनौट प्रतियोगितामा कुवेतसँग ७–० गोलले पराजय व्यहोरेको थियो। तर कुवेतलाई अस्ट्रेलियाले ३–० ले पराजित गरेको थियो।

बलियो टोलीसँगको इतिहास हेर्दा नेपालले यस अगाडि बलियो टोली दक्षिण कोरियासँग १६–० र चीनसँग १२–० को हार व्यहोरेको छ।

अस्ट्रेलिया नेपालभन्दा धेरै बलियो छ। नेपालले लज्जास्पद हार त व्यहोर्दैन भन्ने सबैको त्रास छ। अस्ट्रेलियामा नेपाली राष्ट्रिय टोलीले नेपाली समर्थकको पाउनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .