खेल


सनसनीपूर्ण खेलमा करण केसीले जिताए नेपाललाई

सनसनीपूर्ण खेलमा करण केसीले जिताए नेपाललाई

नेपालखबर
असोज २०, २०७६ सोमबार ८:५५,

 नेपालले नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित गरेको हो।

नेदरल्यान्डस्ले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली ब्याट्सम्यान सुरुवातिमा राम्रो नगरे पनि विनोद भण्डारीले २६ रन हानेर नेपाललाई जिततर्फ अघि बढाए। यसअघि कप्तान पारस कख्काले ३३  रनको योगदान दिएका थिए।

अन्तिम ओभरमा नेपाललाई जितका लागि १७ रन चाहिएको थियो। पहिलो बलमा करण केसीले छक्का प्रहार गर्दै नेपाललाई झिनो आशा दिलाएका थिए। तर, उनले दोस्रो बल डट खेले। अर्को बलमा चौका हाने। चौँथो बलमा छक्का प्रहार गरेl जितका लागि १ रन चाहिएको थियो । करणले पाचौँ बलमा १ रन लिए र नेपाललाई दोस्रो जित दिलाए।

चार विकेट लिएका करणले ब्याटिङतर्फ पनि उत्कृष्ट प्रदर्शन गर्दै तीन छक्काको मद्धतमा १४ बलमा ३१ रन बनाए एका हुन्। नेदरल्यान्डस्का लागि स्टान्टेरले बाहेक प्रत्येक बलरले विकेट लिए।

यसअघि नेपाली ग्लोबल स्टार सन्दीप लामिछाने र तीव्रगतिका बलर करण केसीले समान ४–४ विकेट बाडेँपछि अल अमिरात क्रिकेट ग्राउण्डमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले १९.३ ओभरमा सवै विकेट गुमाएर १३३ रन बनाएको थियो।

उसका म्याक्स ओडाउडले सर्वा्धिक ४३ रन जोडे। सन्दीपले उनलाई रोहित पौडेलबाट क्याच गराएका थिए। यस्तै एन्टोनियस स्टालले २१ रन जोडे। करणले स्टाललाई सोमपालबाट क्याच गराएका थिए। २९ रन जोडेका कोलिन अककेरिमननलाई ललितनारायण राजवंशीले बोल्ड पारेका थिए।

यस्तै १६ रन बनाएका स्टक इडवार्डलाई करणले नै सोमपालको हातबाट क्याच गराए। त्यसबाहेक नेदरल्याण्ड्सका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

अन्तिम ओभर बलिङमा आएका करणले पहिलो बलमा छक्का ब्यहोरेपनि त्यसपछिका लगातार दुई बलमा विकेट लिएका थिए। उनले ३.३ ओभर बलिङ गर्दै १७ रनमात्रै खर्चेर ४ विकेट लिए। यस्तै सन्दीपले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए।

यसअघि आइतबार भएको पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपालले नेदरल्याण्ड्सविरुद्ध दोस्रो जित निकालेको हो। जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ। रनरेटका आधारमा समान जित निकालेको ओमान दोस्रो स्थानमा छ।

ओमान क्रिकेटले आयोजना गरेको शृंखलामा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad