बहुचर्चित ‘नमुछे आमा दहीमा टिका’ गीतका गायक कृष्णभक्त राईको आवाजमा ‘परदेशी’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ।
परदेशी भुमीमा आफनो कर्म समर्पित गरिरहेका डिआर अटुको शब्द तथा संगीतमा बास्तविक जीवन भोगाईलाई समेटिएर अर्को सर्वोकृष्ट रचनालाई बजारमा ल्याइएको छ।
गाउँघरको माया र स्नेहलाई गीतमा समेटिएको छ। चाडपर्वमा परिवार र आफन्तबाट टाढा हुँदाको पीडालाई गीतमा समेटिएको छ।
आफनो सन्तानको सम्झनामा दिन रात विताउने प्राण प्यारी आमाको पिर र वेदनालाई समेटिएको छ। परदेशी गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन्। परदेशी गीतलाई मनोज राईले सम्पादन गरेका छन्।
असोज २०, २०७६ सोमबार ९:१

प्रतिक्रिया